Sunday, July 13, 2025

प्रभावितको पुनस्र्थापनामा ध्यान दिन निर्देशन

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मनसुनजन्य विपद् बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनस्र्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
प्रदेश सरकारले तयार गरेको विपद्पश्चात तत्काल खोज, उद्धार तथा राहत बितरण मापदण्डसम्बन्धि कार्यविधिबारेको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिले विपद्पश्चात् तत्काल खोज, उद्धार र राहत बितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन “विपद् खोज, उद्धार तथा राहत वितरण मापदण्ड सम्बन्धि कार्यविधि” तयार गरेको हो । प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश विपद् व्यवस्थापन निर्देशक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त कार्यविधिको मस्यौदामाथि छलफल गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्न सहति परदान गरेको ।
बैठकले मनसुन अवधिभर हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न र सबै विषयगत् नेतृत्वदायी निकाय तथा सहनेतृत्वदायी निकायबीच जिम्मेवारी, स्पष्टता र समन्वय गर्दै पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मनसुन अवधि पूर्वाद्र्धमै रहेकोले यस अवधिमा मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई रोकथाम तथा न्यूनीकरणका लागि उच्चसतर्कता अपनाउन प्रदेशस्थित सम्पूर्ण मन्त्रालय र अन्तर्गत् निकाय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशसभा, प्रदेश मामिला समितिले सिन्धुपाल्चोक जिल्लाका विभिन्न भूभागमा असार १ गतेको बाढीपहिरोको स्थलगत् भ्रमणपश्चात् तयार पारिएको प्रतिवेदनमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका सन्दर्भमा प्राप्त सुझाव छलफल गरी कार्यान्वयन गर्न सम्बन्धित निकायले पहल गर्ने निर्णय गरेको छ ।

Mensen die worstelen met problemen in de slaapkamer kunnen zich vaak overweldigd voelen door schaamte en onzekerheid. Het is belangrijk om te begrijpen dat dit een veelvoorkomend probleem is dat veel mannen treft, en dat er effectieve oplossingen beschikbaar zijn. Regelmatige communicatie met een partner kan helpen om de emotionele impact te verlichten en een supportnetwerk te creëren. Voor degenen die op zoek zijn naar producten of oplossingen, biedt de website pillen-pharm.com een verscheidenheid aan opties die kunnen helpen. Het is cruciaal om te onthouden dat het zoeken naar hulp een teken van kracht is, en dat de meeste situaties behandelbaar zijn.

spot_imgspot_img
spot_img

लोकप्रिय