Wednesday, February 18, 2026

३ सँक्रमितको एकैदिन मृत्यु

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

हेटौँडा–मकवानपुरमा कोरोना भाइरस सँक्रमणका कारण एकैदिन थप ३ जना सँक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौँडा अस्पालमा उपचाररत् थप ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५२ वर्षीय पुरुष र हेटौँडा–१५ का ५४ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालले जनाएको छ । यससँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १ सय ३७ पुगेको छ ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ जना र ६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा थप १८ जना सँक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या ४१ प्रतिशत् छ । सबैभन्दा बढी कोरोना पुष्टि हुनेमा हेटौँडा नगरका छन् । मकवानपुरमा सोमबार निको हुनेको सँख्या सँक्रमित भन्दा कम छ । सोमबार ७४ नयाँ कोरोना सँक्रमित थपिँदा ६५ जना कोरोनामु्त भका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलबध गराएको तथ्यांकअनुसार बिभिन्न मितिमा कोरोना पुष्टिपछि होम तथा संस्थागत् आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घण्टामा ६५ जना कोरोना सँक्रमणमुक्त भएका हुन् ।

बागमती प्रदेशमा ३ लाख ५९ हजार ७ सय ५२ जना सँक्रमित भएकोमा ३ लाख ४६ हजार ९ सय ३१ जना निको भएका छन् । जुन कुल सँक्रमणको करिब ९६ प्रतिशत् हुन्छ । प्रदेशमा बिगत २४ घण्टाको प्राप्त विवरणमा ८ सय ६० जनामा थप नयाँ सँक्रमण देखिएको छ भने १४ जनाको निधन भएको छ । हालसम्म प्रदेशमा ३ हजार ९ सय ७१ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस सँक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २ हजार ४ सय ४५ जनामा सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना सँक्रमणमुक्त हुनेको सँख्या १ हजार २ सय ५८ छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय